कोरकार

ना. [कोर्+कोर्]

  1. कुनै वस्तुमा वा ठाउँमा छेस्का आदिले कोर्ने वा धर्को पार्ने काम।
  2. ज्योतिषीले धुलौटोमा अनेक रेखा र कोण तानी ग्रहगतिको फल खुट्ट्याउने काम।
  3. तुच्छ किसिमको लेखाइ वा खनजोतजस्ता काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)