कोरामाल
ना. [कोरा+माल]
- प्रशोधित गर्न बाँकी रहेको वा उपभोगका वस्तु तयार गर्नुभन्दा पहिलेका अवस्थाको कच्चा वस्तु वा सामान (बोरा बुन्नुभन्दा पहिलेको सनपाट, जुत्ता सिउनुभन्दा पहिलेको छाला, औषधी बनाउनुभन्दा पहिलेको झारपात इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)