कोर्‍याँसो

ना. [कोर्+याँसो]

  1. कुभिन्डो, मुला, काँक्रो, पिँडालु आदि कोरेर अचार, तरकारी बनाउन हुने गरी भुजुरी पार्ने धारिलो र ससाना प्वाल भएको धातुको दाँते साधन; कोरेँसो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)