कोश
ना. [सं.]
- अन्नपात वा धनमाल सुरक्षित राख्ने भण्डार; ढुकुटी; खजाना; कोष।
- कुनै निश्चित क्रमनियम तथा वर्णव्याकरणात्मक व्यवस्थाअनुसार शब्दहरू भेला पारी प्रत्येक शब्दको अर्थ लेखिएको ग्रन्थ; शब्दकोश।
- तरबार, खुकुरी आदि हतियारको दाप।
- कुनै वस्तु वा जीवको खोल (अन्नमय, प्राणमय, मनोमय, विज्ञानमय र आनन्दमय)।
- रुखबिरुवा वा सागपातको फूल।
- कोपिला; कोसो; कोयो।
- अण्ड; अण्डकोश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)