कोहिनुर

ना. [फा. कोहेनूर]

  1. गोलकुण्डामा फेला परेको र केही समय मुगल सम्राट्का अधिकारमा रही पछि ब्रिटिस सम्राट्का श्रीपेचमा जडिन पुगेको विश्वको सर्वश्रेष्ठ हीरा; सर्वोत्तम कोटिको हीरा; कोहेनुर।
  2. अति तेजिलो प्रकाश; प्रकाशको पहाड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)