कौतुक

ना. [सं.]

  1. कुनै विलक्षण विषयप्रति जाग्ने विनोदपूर्ण उत्कण्ठा; कुतूहल।
  2. आश्चर्यजनक वस्तु; तमासा।
  3. विवाहमा मङ्गलमन्त्र पढी विधिपूर्वक बनाइने कपडाको गाँठो; लगनगाँठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)