कौतुकागार/कौतुकालय
ना. [सं.]
- ऐतिहासिक वा सांस्कृतिक महत्त्वका दर्शनीय वस्तुहरूको सङ्ग्रहालय; म्युजियम; अजायबघर।
- बिहाका दिनमा दुलहीलाई सिँगारपटार गर्ने र कपडा पहिराउने कोठो।
- कन्यादान गर्ने ठाउँ।
- मनोरञ्जन गर्ने ठाउँ वा घर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)