क्रिया
ना. [सं.]
- कुनै पनि काम भइरहनाको अवस्था वा भाव।
- तनमन र वचनले गरिने वा नित्य हुने कुनै पनि कार्य वा कर्म (दैनिक क्रिया, प्रातः क्रिया इ.)।
- कुनै पनि काम गर्ने चेष्टा, ढङ्ग वा विधि (लेखनक्रिया, शोधनक्रिया इ.); प्रयत्न।
- कुनै पनि क्षेत्रका रूप अथवा तीसित सम्बन्धित नियमअनुसार हुने काम (व्यावहारिक क्रिया, शल्यक्रिया इ.)।
- व्याकरणमा कार्यव्यापार जनाउने वा कुनै कार्य, घटना आदि हुनु-गरिनुको वाचक शब्द।
- मृतकको अन्त्येष्टि कर्म; किरिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)