क्रोध

ना. [सं.]

  1. कुनै अनुचित र हानिकारक वा मन नपर्ने काम भएको देखेर मनमा उब्जने उग्र तथा तीक्ष्ण आवेग; रिस; रोष।
  2. ज्योतिषशास्त्रका साठी संवत्सरमध्ये उनान्साठियौँ एक संवत्सर।
  3. साहित्यमा रौद्र रसको स्थायी भाव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)