क्षण

ना. [सं.]

  1. समयको साह्रै सानो भाग वा थोरै परिणाम; छिन।
  2. एक मुहूर्तको बाह्र भागको एक भाग (चारपाँच सेकेन्ड वा तिस पला)।
  3. आँखा झिम्काउन्जेलको समय; निमेष।
  4. खाली समय; अवसर; मौका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)