खत

ना. [सं. क्षत]

  1. शरीरमा लागेका चोटपटक, घाउखटिरा निको भएपछि बसेको दाग।
  2. अदालतबाट कुनै अभियोगमा ठहर गरिएको कसुर; अपराध; अदालतको फैसलाअनुसार साबित भएको कसुर (उदा.- पञ्चखतमा सजाय पाएका व्यक्ति समाजबाट पनि बहिष्कृत हुन्छन्।)।
  3. दाह्री खौरँदा वा कपाल काट्दा कनसिरीका रौँको कटाइ; कलम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)