खतखत
क्रि.वि. [अ. मू. खत्+अ (द्वि.)]
- लेदो पदार्थ पकाउँदा छड्कन वा फत्कन थालेपछि आवाज आउने किसिम।
- सानो मुख भएका भाँडाबाट दही आदि बाक्लो लेदो पदार्थ खन्याउँदा आवाज आउने किसिम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)