खपटो

ना. [सं. खर्पर]

  1. माटाको भाँडो फुटेको टुक्रो; खप्टो।
  2. बाँस आदिको पातजस्तो बोक्रो।
  3. पक्षीका फुलको बोक्रो।
  4. नेपालको तराई क्षेत्रमा घर छाउने काममा आउने एक प्रकारको झिँगटी; खपडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)