खम्बा

ना. [सं. स्तम्भ]

  1. घर, सत्तल, पुल आदिको दलिन, तला वा छानो थाम्न वा तिनलाई आड दिन र बिजुलीका तार अड्याउन फलाम, काठ, ढलान आदिबाट बनेको सोझो खामो; खाँबो; थाम; खम्भा।
  2. मौलो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)