खराब

वि. [अ.]

  1. ननिको चालको; काम नलाग्ने; नजाती; बेकम्मा; बेठिक।
  2. चालचलन बिग्रेको; दुर्जन; दुष्ट।
  3. छुल्याइँपुल्याइँ गर्ने वा कुभलो चिताउने; हानिकारक; अहितकर।
  4. सामाजिक मर्यादाको प्रतिकूल वा प्रचलित नियमकानुनको विपरीत (चालचलन, बानीबेहोरा, आचरण इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)