खाडी

ना. [खाडल]

  1. दलदले वा आहालजस्तो भएको जमिन वा ठाउँ; धाप।
  2. सनपाट, छाला आदि कुहाएर धुनका लागि बनाइएको ससानो पोखरी।
  3. तीनतिर जमिनले घेरिएको समुद्रको सानो भाग; उपसागर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)