खानु

स.क्रि. [सं. खाद्+नु]

  1. खानेकुरा मुखमा हाली चपाई वा नचपाई निल्नु; भोजन गर्नु।
  2. गुतार्नु; हसुर्नु; घिच्नु (निन्दार्थमा)।
  3. अर्काको रुपियाँपैसा वा मालसामान आदि लिएर नतिर्नु वा फिर्ता नदिनु; पचाउनु।
  4. दुःख, कष्ट, हन्डर, गोता आदि भोग्नु; बेहोर्नु। ५ कुनै काम बनाइदिने निहुँले घुस लिनु; भ्रष्टाचार गर्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)