खाम्नु

स.क्रि. [खाम+नु]

  1. खामभित्र चिठीपत्र हालेर बन्द गर्नु।
  2. पसाउनु; हुल्नु।
  3. थाम्नु; थेग्नु।
  4. अटाउनु।
  5. पुग्ने हुनु; ठिक हुनु।
  6. कुनै काम गर्न सकिन्छ भन्ने ठान्नु। (उदा.-मनले खाम्छ भने यो काम गर्नु मनासिब छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)