खार्नु
स.क्रि. [प्रा. खार+नु]
- नौनी आदिलाई पकाएर कस फ्याँकी निक्खर पार्नु; शोधन गर्नु; परिष्कार गर्नु।
- नमिलेका कान्लाकान्ली वा ढिस्काढिस्की जमिनलाई खनेर, ताछेर सम्म्याउनु।
- शिक्षा-शास्त्र, गुरु-उपदेश आदिद्वारा बुद्धिलाई प्रखर बनाउनु।
- कुनै पुस्तक वा पुस्तकको कुनै विषयलाई दोहोर्याई-तेहर्याई पढेर नबिर्सने पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)