खावा
ना. [सं. खात]
- किल्ला, सहर आदिको सुरक्षाका निमित्त हातावरिपरि खनेर बनाइएको जलपूर्ण खाडल; खाई।
- शत्रुले हमला गर्न नसक्ने उद्देश्यले गहिरो र नाघ्न नसकिने गरी किल्लामा बनाइएको खाल्टो वा सानो घाटी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)