खुर्कनु

स.क्रि. [सं. क्षुरक+नु]

  1. काट्ने हतियारले वा अन्य कुनै साधनले फल, वृक्ष आदिको बोक्रा फाल्नु; ताछ्नु।
  2. बाहिर सतहमा उम्रेको वा टाँसिएको कुनै वस्तु कुटो, खुर्पी आदि हतियारले वा अन्य कुनै साधनले कोर्नु; उप्काउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)