खेत

ना. [सं. क्षेत्र]

  1. गरागरामा बाँडिएको र आली लगाई, पानी जमाएर धानको खेती गरिने जमिन; धान रोप्ने जग्गा।
  2. पच्चिस रोपनी बराबरको जग्गा वा त्यस्तो जग्गाको नापो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)