खेद
ना. [सं.]
- अदूरदर्शिताले गर्दा जानीजानी वा होस नपुगी कुनै राम्रो काम गर्न चुकेको परिणामस्वरूप मनमा उत्पन्न हुने पश्चात्ताप।
- कसैको अप्रिय बोलीवचन, व्यवहार आदिका विरुद्ध दर्साइने क्षोभ।
- उक्त पश्चात्ताप, क्षोभ आदिका निम्ति निकालिने शब्द, गरिने इसारा वा देखाइने मुद्रा।
- चिन्ता; मानसिक पीडा; मानसिक कष्ट।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)