खेल

ना. [सं.]

  1. मन बहलाउन वा दिन काट्नका निम्ति गरिने काम; मनोविनोद; खेलबाड; क्रीडा।
  2. व्यायामका लागि गरिने कामकुरो (कपर्दीको खेल, भकुन्डोको खेल इ.)।
  3. धन कमाउन गरिने मनोरञ्जनपूर्ण काम; तमासा (जादुको खेल)।
  4. लीला।
  5. चालबाजी; पेच।
  6. अति सजिलो वा तुच्छ काम।
  7. विचित्र वा अद्भुत काम (भाग्यको खेल, दैवी खेल)।
  8. जाल; झेल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)