खेल्नु
स.क्रि. [सं. खेल्+नु]
- धन लगाएर वा नलगाईकन हारजितको बाजीमा सम्मिलित हुनु; तासजुवा आदिको खेलमा सामेल हुनु।
- मन बहलाउन, व्यायाम गर्न वा समय बिताउनका निम्ति कुनै खेलबाडमा भाग लिनु; राष्ट्रिय वा अन्तरराष्ट्रिय आदि खेलप्रतियोगितामा सामेल हुनु। (उदा.- यस वर्षको फुटबल प्रतियोगितामा विदेशबाट पनि केही टिम फुटबल खेल्न आउँदै छन्)।
- नाटक आदिमा अभिनय गर्नु; नाचतमासा गर्नु।
- व्यापारमा पैसा लगाउनु; उद्योगव्यवसायमा धन खर्च गर्नु।
- मनमा शब्द, विचार आदिको तर्कवितर्क उब्जनु; भएनभएका कुरा मनमा उब्जनु।
- आफूभन्दा बलियोसँग जुध्नु। (उदा.- ऊ बाघसँग खेलिरहेको छ)।
- हावाले हाँगा, पात आदि हल्लनु।
- हर्ष आदिले मन प्रसन्न हुनु।
- साना बालकहरू कुनै वस्तु, विचार वा चालमा एक्लै वा सामूहिक रूपमा अलमलिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)