खोटाचलन
ना. [खोटो+चलन]
- निर्धारित गुणस्तरअनुरूप नभई प्रचलित कानुनका दृष्टिमा दोषयुक्त मानिने मालसामानको व्यवहार।
- सरकारबाट अनुमति नलिई ढक, माना, पाथी, गज, मिटर आदिको आफूखुसी गरिएको चलन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)