खोस्रो
ना.
- मरेका पशुपक्षीहरूको छालाभित्र घाँस, पराल, भुवा आदि कोची बनाइएको त्यसै आकृतिको दुरुस्त मूर्ति।
- कुनै हतियारको दाप, म्यान, खोल आदि।
- ज्याबलहरू हाल्ने छालाको थैलो।
- रिसल्लाका भालाको मोठ घुसारिने, रिकापमा जडिएको छालाको ढुङ्ग्रो।
- खोस्टो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)