ग

  1. देवनागरी वर्णमालाको व्यञ्जनवर्णमध्ये तेस्रो व्यञ्जनवर्ण; कण्ठस्थानबाट उच्चारण हुने, स्पर्शी, घोष, अल्पप्राण व्यञ्जनवर्ण; कवर्गको तेस्रो वर्ण; लेख्य रूपमा सो व्यञ्जनवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न; गाइगोडे ग।
  2. कुनै वस्तु, विषय वा कुराको वर्गीकरण या मूल्याङ्कन गर्दा तेस्रो वा निम्न श्रेणीलाई छुट्ट्याई चिनाउन प्रयोग गरिने श्रेणीबोधक अक्षरसङ्केत; लेखाइका क्रममा विषयवस्तुको वर्गीकरण वा विभाजन उपविभाजनका निम्ति व्यञ्जनवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक तेस्रो चिह्न।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)