गङ्गा

ना. [सं.]

  1. हिमालय (गङ्गोत्री)-बाट निस्की दक्षिण-पूर्वी कोणतिर बग्दै गएर बङ्गोपसागरमा मिल्ने, हिन्दूहरूको पवित्र जलाशय र पितृमुक्तिको प्रतीक मानिएको भारतवर्षको प्रसिद्ध एक नदी; पुराणअनुसार सगरका छोराहरूको मुक्तिका निम्ति भगीरथ राजाले तपस्याद्वारा पृथ्वीमा ल्याइएको भनी प्रख्यात भएको नदी; भागीरथी; जाह्नवी।
  2. षड्चक्रको अभ्यास गर्ने योगसाधकको समाधि अवस्थामा प्रयोग हुने नाडी; ईडानाडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)