गङ्गाजमुना

ना.

  1. महाभारत वा अन्य पुराणले र भारतवर्षको प्राचीन इतिहासले चर्चा गर्दै आएका, पुण्यका स्रोत मानिने, प्रयागमा मिलेका दुई नदी; गङ्गा र जमुना नदी; पाण्डवहरूको तीर्थयात्रामा चर्चित गङ्गा र कृष्णको कालीयदमनमा चर्चित नदी।
  2. कुनै पनि जुम्ल्याही दिदीबहिनी (नाम राख्ने चलनअनुसार)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)