गज
ना. [फा.]
- गजप्रणालीमा सोह्र गिरा वा छत्तीस इन्च अर्थात् तीन फुट लमाइको नापो।
- दुई हात लमाइ बराबरको नाप्ने डन्डी।
- सारङ्गी, बेला आदि बजाउने साधन; कमानी; गजो।
- घाउ-खटिरा आदिमा औषधी लगाइने सुत्लो।
- कुनै वस्तुको चौडाइतिरको भाग।
- भरुवा बन्दुकमा बारुद र लत्ता खाँद्ने फलामे डन्डी।
- दुई हात लमाइ भएको; तीन फुटको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)