गट्टा

ना. [गट्टो+आ]

  1. केटाकेटीले खेल्ने मसिना र गोल मिलेका ढुङ्गाका टुक्रा।
  2. कमलको फूल वा गेडा।
  3. नरिवल, बेल आदिको फल।
  4. नरिवल वा गुड्गुडे हुक्काको पानी रहने भाँडो।
  5. टुपी नराख्ने जातिलाई हियाउँदा भन्ने शब्द।
  6. गोल वा डल्लो वस्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)