गण
ना. [सं.]
- कुनै एक विषयमा समानता भएका मानिस वा देवताको समुदाय; जमात; समूह; वर्ग।
- चर; दूत।
- अनुचर; सेवक।
- शिवका पार्षद वा अनुचरहरूको दल।
- छन्दशास्त्रअनुसार लघुगुरुका हिसाबले रहेका तीनतीन अक्षरको आठ समूह (यगण, मगण, तगण, रगण, जगण, भगण, नगण र सगण)।
- पाणिनिका व्याकरणमा एकएक जमातमा छुट्ट्याइएका भू, अद्, चुर् आदि धातुसमूह।
- ज्योतिषशास्त्र-अनुसार मानिसमा रहेका तथा वरवधूका जन्मपत्रिका हेर्दा जुराइने देवगण, मनुष्यगण, राक्षसगण जस्ता तीन तहमध्ये कुनै एक।
- बहुवचन जनाउने एक चिह्न (महिलागण, सज्जनगण इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)