गति
ना. [सं.]
- एक स्थिति, रूप आदिबाट अर्को स्थिति, रूपआदिसम्मको परिवर्तन वा एक ठाउँदेखि अर्को ठाउँसम्मको गमन; चाल; हिँडाइ; सराइ; वेग।
- कुनै पनि वस्तु वा प्राणीको दशा; अवस्था।
- सम्भावित प्रयासको सीमा; क्षमता; शक्ति; तागत।
- जीवात्माले मृत्युपछि प्राप्त गर्ने अवस्था।
- मृतकको देहावसानपछि दाहसंस्कारदेखि लिएर दश दिनसम्मको काजक्रिया।
- ईश्वरीय स्वरूप; मोक्ष; मुक्ति।
- प्रवेश; पहुँच।
- मार्ग; बाटो।
- वास्तु तथा मूर्तिकलामा तिस अङ्गुल वा प्रादुर्भावको तीन गुणा बराबरको नापो (तिस इन्च); नाडी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)