गन्धर्व नगर
ना.
- महाभारतप्रसिद्ध गन्धर्वहरूको बस्ती वा राजधानी।
- वायुमा आएको उष्णताको प्रभावले आकाशमा परेको प्रतिबिम्ब जलथलमा अनुबिम्बित हुन जाँदा देखिने सहर, ग्राम, जङ्गल आदिको दृश्य।
- काल्पनिक नगर; मिथ्यालोक।
- अवास्तविक वस्तुमा पनि हुने वास्तविकताको भान।
- चन्द्रमण्डल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)