गल्नु

अ.क्रि. [सं. गल्]

  1. थकित हुनु; थाक्नु; कडा परिश्रमपछि शारीरिक थकान बढ्नु।
  2. पाकेर गलक्क हुनु; नरम हुनु।
  3. अपराध सकारी कायल हुनु; लाचार हुनु।
  4. अर्काका अघिल्तिर आफ्नो कमजोरी स्विकार्नु; लत्रनु; झुक्नु।
  5. दुब्लाउनु; खर्ल्याकखुर्लुक हुनु।
  6. आफ्नो टेक लिन असमर्थ हुनु।
  7. निर्धन हुनु; गरिब हुनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)