गहिरो
वि. [सं. गभीर]
- वरिपरि अग्लो भई माझको भाग भासिएको वा गाडिएको; सतहभन्दा तलको।
- भित्रसम्म पुगेको (गहिरो घाउ, गहिरो चोट, गहिरो भनाइ इ.)।
- सजिलैसँग बुझ्न नसकिने; भित्री अर्थ भएको।
- आँत-भेउ पाउन गाह्रो वा पार लाउन नसकिने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)