गाँठी

ना. [प्रा. गण्ठि > सं. ग्रन्थि]

  1. कुनै काम वा समस्यालाई सुल्झाउन सहायक हुने उपाय; जुक्ति; तरिका।
  2. भित्री अभिप्राय; अभ्यन्तरको कुरो; कुराको मुख्य सार।
  3. मूलधन; पुँजी।
  4. अग्लोहोचो; सानोठुलो आदि शरीरको कद; जिउडाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)