गाईजिभ्रे
ना.
- मूलाजस्तो जरो वा कन्द हुने, पछिल्तिर टीकाटीका हुने र भाँच्दा दुध आउने लामा-लामा पात हुने भुइँझार।
- गाईको जिभ्रो जस्तै खस्रा पात हुने, ठेकी-भाँडा मल्दा मैलो फाल्न प्रयोग गरिने र बस्तुलाई घाँस खुवाइने वनस्पतिविशेष; खाक्सी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)