गाभा

ना. [सं. गर्भ]

  1. कर्कलो अथवा मानेको भित्री पात; गुभे पात; टुसो; पिपिरो।
  2. धान वा कोदो रोप्दा जमिनमुनि घुसारिने बिउको मुठो।
  3. अर्को रुखमा उम्रने, पात भाँच्दा चिप्लो चोप आउने र साना लाम्चा केराका जस्ता पात हुने, लहरो वा त्यसैको फूल; सुनाखरीको एक जात।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)