गाभो

ना. [सं. गर्भ]

  1. कर्कलो, माने आदिको भित्री पात; गुभे पात; टुसो; पिपिरो।
  2. धान वा कोदो रोप्दा एकपल्टमा जमिनमुनि घुसारिने बिउको मुठो।
  3. केराका पात जस्तै आकारका साना र छोटा पात हुने, अरू रुखमा टाँसिने एक झार; एक जातको सुनाखरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)