गीता

ना. [सं.]

  1. महाभारतमा युद्धबाट विमुख हुन लागेका अर्जुनलाई ज्ञान, कर्म र भक्तियोगका साथै मानवीय कर्तव्यबारे श्रीकृष्णले दिएको उपदेश।
  2. हिन्दूहरूको प्रसिद्ध दार्शनिक ग्रन्थ; भगवद्गीता।
  3. ठुला महापुरुषले दिएका छन्दोबद्ध तथा ज्ञानमय उपदेश (रामगीता, भगवद्गीता, शिवगीता इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)