गुटिका/गुटी
ना. [सं.]
- औषधी आदिको सानो गोली; बुटी।
- सानो आकारको पुस्तक (उमामहेश्वरगुटिका; गौरीशङ्कर गुटिका इ.)।
- योगशास्त्रअनुसार मुखमा हाल्नासाथ अदृश्य भएर जहाँ मन लाग्यो त्यहाँ पुग्न सकिन्छ भन्ने मन्त्रसिद्ध गोली।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)