गुरु
ना. [सं.]
- कुनै पनि विद्या वा शिक्षा प्रदान गर्ने व्यक्ति; शिक्षक; अध्यापक। सङ्गीतकला आदि सिकाउने व्यक्ति; उस्ताद। ३. गायत्री, वेदमन्त्र आदि दीक्षा दिने व्यक्ति; आचार्य। ४. बुद्धि, बल, उमेर, विद्या आदिमा श्रेष्ठ तथा आदरणीय वा पूज्य व्यक्ति; मान्य जन। ५. छन्दशास्त्रअनुसार दुई मात्रा हुने अक्षर; दीर्घ अक्षर वा सो जनाउने चिह्न []। ६. सङ्गीतमा एउटा दीर्घ वा दुइटा लघु मात्रा हुने तालको अंश। ७. नवग्रहमध्ये एक; बृहस्पति। वि. ८. तौल वा भार भएको; कठिन (गुरुभार, गुरुकार्य इ.)। ९. गाह्रोसित पच्ने वा पाक्ने (गुरुपाक)। १०. वजनदार; गहकिलो। ११. बडेमाको; महत्त्वपूर्ण; ठुलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)