गुलाफ
ना. [फा. गुलाब]
- एउटै भेट्नामा तीनचारवटा पात हुने, फेददेखि टुप्पासम्म डम्फरका जस्ता काँडा हुने, विभिन्न रङका सुगन्धी फूल फुल्ने बोट; अत्तर, सुगन्धी जल आदि बनाइने त्यसकै फूल।
- परिवार नियोजनका निम्ति गर्भनिरोध गर्न स्त्रीले खाने चक्की औषधीलाई दिइएको नाम; पिल्स।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)