गेडी

ना. [गेडो+ई]

  1. सानो गेडो।
  2. दानु; गेडो (बालबोलीमा)।
  3. शरीरका अङ्गहरूका हाडको जोर्नी।
  4. पोतेका साथ उनेर लगाइने सुनको गहना (नौगेडी)।
  5. मोटर, साइकल आदिको गति हलुको पार्दै गुड्न मदत गर्ने जोर्नीमा रहेका विभिन्न आकारका फलामका बाटुला टुक्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)