गोकर्ण
ना.
- काठमाडौँको पूर्वोत्तरमा रहेको एक प्रसिद्ध तीर्थ; त्यस तीर्थमा स्थापित शिवलिङ्ग।
- गाईका जस्ता कान हुने एक मृग; गाईकाने बराँठ।
- भागवतप्रसिद्ध धुन्धुकारीका भाइको नाम।
- अङ्गुल वा मात्राको एघार गुना बराबरको नाप।
- गाईका जस्ता कान हुने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)