गोलार्द्ध/गोलार्ध
ना. [सं.]
- कुनै गोलो वस्तुको आधा भाग; अर्धवृत्त।
- एक ध्रुवदेखि अर्को ध्रुवसम्म रेखा तानी पृथ्वीको मानचित्रलाई बिचमा काट्ता वा विषुवत् रेखाद्वारा छुट्ट्याउँदा हुने भूगोलको आधा भाग। (भूमध्यरेखाले पृथ्वीलाई उत्तरी र दक्षिणी गोलार्धमा विभाजित गर्छ भने खमध्य रेखाले पृथ्वीलाई पूर्वी तथा पश्चिमी गोलार्धमा बाँड्दछ)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)