गोल
ना. [अङ्.]
- भकुन्डो, हकी आदिका खेलमैदानमा पक्षतर्फबाट सुरक्षा गरिएको तर विपक्षका खेलाडीहरूले विजयका निम्ति भकुन्डो आदि पुर्याउनुपर्ने निर्धारित क्षेत्र वा ठाउँ।
- उक्त खेलहरूका खेलमैदानमा एक पक्षका खेलाडीबाट सुरक्षा गरिँदागरिँदै पनि अर्को पक्षका खेलाडीहरूले निर्धारित क्षेत्रमा भकुन्डो आदि पुर्याई वा पसाई प्राप्त गरेको विजय (उदा.- ठमेल एघारले सङ्कटा एघारका विरुद्ध खेल सुरु भएको पाँच मिनेटमै पहिलो गोल गर्यो)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)