गोसाईं
ना. [सं. गोस्वामी]
- गेरुवा वस्त्र पहिरेर त्यागी झैँ देखिने र गृहस्थी जीवन नै व्यतीत गर्ने एक जाति; गोस्वामी।
- साधु-सन्न्यासी र त्यागीहरूलाई गरिने एक सम्बोधन; योगी; महन्त।
- इन्द्रिय जित्ने व्यक्ति; जितेन्द्रिय।
- मालिक; स्वामी।
- ईश्वर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)